१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

ए डिभिजन लिग :मनाङलाई जावलाखेलले हरायो

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले  मनाङ–मर्स्याङ्दी क्लबलाई हराएको माथि सानदार जित दर्ता गरेको छ।

च्यासल मैदानमा आज भएको खेलमा जावलाखेलले मनाङमाथि ३–० को सानदार जित दर्ता गरेको हो। जावलाखेलको जितमा एनकोटो मासोएवीले दुई तथा फोडे फोफानाले एक गोल गरे। पहिलो हाफको शुरुमै एक गोल गरेको जावलाखेलले थप दुई गोल खेलको इन्ज्युरी समयमा गरेको थियो।

यो जितसँगै जावलाखेल ९ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। पराजित मनाङ १५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ।

प्रकाशित: २ वैशाख २०८० १४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App