१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

करातेको चुनावी साधारणसभा अन्योलमा

उच्च अदालत पाटनमा चुनाव रोक्न माग गर्दै दायर रिटमा शुक्रबार छलफलका लागि बोालाएसँगै नेपाल कराते महासंघ केन्द्रीय कार्यसमितिको शनिबारबाट चितवनमा तय चुनावी साधारणसभा अन्योलमा परेको छ।

राखेपका पूर्व बोर्ड सदस्य रेशम लामा, कराते महासंघका तत्कालीन अध्यक्ष धुव्रविक्रम मल्ल, जापान गोजुरियो कराते डो कोन्काई कराते संघका तर्फबाट विदुर कुँवर, नेपाल हाम सी हा सितेरियो कराते डो संघका महासचिव रामकृष्ण लामाले निर्वाचन रोक्न अन्तरिम आदेशको माग गर्दै बुधबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए।

राखेपले पुरेन्द्रविक्रम लाखे नेतृत्वको अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासंघ र दावा गुरुङ नेतृत्वको नेपाल कराते महासंघ भङ्ग गरेको थियो। उच्च अदालत पाटनले राखेपको यो निर्णयविरुद्ध परेको रिटमा दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएपछि चुनाव विवाद तथा अन्योलमा परेको हो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराते महासंघका अध्यक्ष लाखेले परिषद्मा निवेदन दर्ता गरे पनि सदस्यसचिव टंकलाल घिसिङ त्यसलाई बेवास्ता गर्दै चुनाव गर्न दबाब दिइरहेका छन्।

राखेपले माघ १२ मा राखेपका पूर्व सदस्यसचिव समेत रहेका युवराज लामाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन भएको थियो। राखेपले महासंघलाई तीन महिनाभित्र विधान मस्यौदा तयार गरी राखेपबाट स्वीकृत गराई साधारण सभा तथा निर्वाचन गर्न निर्देशन दिएको थियो।

अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते तीन महिनाभित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरिएको चार वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न सकेको थिएन। त्यसपछि दुवै महासंघ स्वतः ब्युँतिएका थिए। यसका बावजुद राखेपले आफ्नो पक्षलाई बेवास्ता गर्दै निर्वाचन गर्न स्वीकृति दिएको पुरेन्द्र पक्षका करातेकर्मीको आरोप छ। विवादका बावजुद प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार एक कार्यक्रम बीच चितवनमा चुनावी साधरणसभाको उद्घाटन गर्ने तालिका छ। 

प्रकाशित: १० चैत्र २०७९ ०१:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App