फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ब्रेस्टलाई हराएको छ।गएराती भएको खेलमा पिएसजीले घरेलु टोली ब्रेस्टलाई २–१ ले पराजित गर्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ।
बराबरीमा सकिनै लागेको खेललाई पिएसजीका केलियन एमबाप्पेले ९० औ मिनेटमा गोल गरेपछि पिएसजी विजयी भएको हो।
यसअघि पिएसजीका लागि ३७औं मिनेटमा कार्लोस सोलेर गोल गरेका थिए। त्यसैगरी ब्रेस्टका लागि ४३औं मिनेटमा फ्रान्क होनोरटले गोल गरेका हुन। यो जितपछि पिएसजीले २७ खेलबाट ६६ अंक पाएर पहिलो स्थानमा यथावत रहेको छ । पिएसजी दोस्रो स्थानमा रहेको मार्से भन्दा ११ अंकले अगाडि रहेको छ। ब्रेस्ट २३ अंक जोडेर तालिकाको १५औं स्थानमा छ।
प्रकाशित: २८ फाल्गुन २०७९ ०२:१७ आइतबार