‘केपी ओली कप २०२३’ राष्ट्रिय फुटबल प्रतियोगिता आजदेखि सातदोबाटोको एन्फा कम्प्लेक्समा सुरू भएको छ।
बिहिबार देखि सातदोबाटोको एन्फा कम्प्लेक्समा सुरू भएको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्। खेल हेर्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओली एन्फामा पुगेका हुन्।
ओलीले प्रतियोगिताको उद्घाटन गरेसँगै नेपाल पुलिस र सातदोबाटो बिचको खेल सुरु भएको छ। उक्त फुटबल प्रतियोगिता १७ गतेसम्म चल्नेछ।
प्रतियोगितामा प्रथम हुने समूहलाई १० लाख रुपैयाँ, रनरअपलाई ५ लाख रुपैयाँ, बेस्ट प्लेयरलाई १ लाख रुपैयाँ, बेस्ट गोलकिपरलाई १ लाख रुपैयाँ, प्रत्येक म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ र प्रत्येक म्याचको विजेता टिमलाई २५ हजार रुपैयाँको दरले पुरस्कार राशी राखिएको छ।
तस्बिरहरू
प्रकाशित: ११ फाल्गुन २०७९ १०:०६ बिहीबार