९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

म्यानचेस्टर सिटी शीर्ष स्थानमा

आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ।

गए राति भएको खेलमा आर्सनललाई ३-१ गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो।

आर्सनलको मैदानमा सिटीलाई जिताउन केभिन डी ब्रुएना, ज्याक ग्रेलिस र अर्लिङ हालाण्डले एक एक गोल गरे। आर्सनलका बुकायो साकाले एक गोल फर्काए। ब्रुएनाले खेलको २४ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता बनाएका थिए।

४२ औं मिनेटमा साकाले पेनाल्टीबाट गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए। ७२ औं मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीको अग्रता २(१ को बन्यो। त्यसपछि खेलको ८२ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई ३(१ को जित दिलाए।

जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले २३ खेलमा ५१ अंक जोडेको छ। दोस्रो स्थानमा झरेको आर्सनलको पनि ५१ अंक रहेको छ।

प्रकाशित: ४ फाल्गुन २०७९ ०२:५२ बिहीबार

इंग्लिस प्रिमियर लिग