२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

आयोजक भद्रकालीलाई सफलता

आयोजक भद्रकालीले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेको छ।

हात्तीगौंडास्थित घरेलु कोर्टमा भद्रकालीले टिआइएलाई २१–१८ ले पराजित गर्‍यो। भद्रकालीका प्रनिक राईले ९ स्कोर गरे। सिनियर ब्वाइजमै नेपाल मोडलले स्कोलर्स होमलाई २३–२२, भ्याली पब्लिकले एचएचसिएलाई ३९–२२ र नेसनल युनाइटेडले जुगललाई १२–१० ले हराए। नेपाल मोडलका सौरभ चौधरीले ११, भ्याली पब्लिकका सुनील पौडेलले १४ तथा नेसनल युनाइटेडका आयुश गुरुङ र सुयोग हमालले समान ४/४ अंक जोडे। सिनियर गल्र्समा भ्याली पब्लिकले दोहोरो जित हात पार्‍यो।  

भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २२–१६ तथा जुगललाई २२–१२ ले पाखा लगायो। जितमा ग्रिनल्यान्डविरुद्ध अनिता गुरुङले ७ तथा जुगलविरुद्ध लोरिशा गौचनले ५ अंक योगदान गरे। जुनियर ब्वाइजमा गोल्डेनपिकले ग्रिनल्यान्डलाई १९–९ तथा भ्याली पब्लिकले हिमालयन किङडमलाई १२–८ ले पन्छाए। गोल्डेनपिकका पासाङ छिरिङले ६ तथा हिमालयनका किङडमका विशाल परियारले ८ अंक बटुले।

प्रकाशित: २ फाल्गुन २०७९ ०१:०९ मंगलबार

बास्केटबल