आइटिएफ तेक्वान्दो संघ प्रदेश १ ले कालो पेटी ९ब्ल्याक बेल्ट०को दुई दिने ग्रेडिङ (परीक्षा)सम्पन्न भएको छ।
बिहीबारदेखि विराटनगरमा सुरु भएको तेक्वान्दोको कालो पेटी प्रथम, कालो पेटी दोस्रो र कालो पटी तेस्रो डान ग्रेडिङ सम्पन्न भएको छ। आइटिएफ तेक्वान्दोका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ का अध्यक्ष प्रवीण कार्कीका अनुसार बेल्ट ग्रेडिङमा प्रदेशभरका ४१ जना खेलाडीको सहभागिता रहेको थियो।
प्रयोगात्मक र लिखित परीक्षामा उत्तीर्ण हुने खेलाडीको बेल्ट प्राप्त गर्ने छन्। कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले अझै पनि राज्यले खेल र खेलाडीको भावना बुझ्न नसकेको बताए। उनले तीन तहको सरकार हुँदासमेत खेलाडीको स्तर वृद्धि हुन नसकेको बताएका छन्।
तीन तहको सरकारले खेल र खेलाडीप्रति उत्तरदायित्तव हुने हो भने खेलको स्तर बढ्ने र पदक जित्ने बताउँदै, अध्यक्ष बस्नेतले भने, ‘खेल र खेलाडीहरुलाई जीवनयापन गर्नु सक्ने अवस्था सिर्जना गर्नका लागि विगतमा आफूले छलफल र योजनाहरू सुरु गरेको थिए। राज्य र निजी क्षेत्रले खेल र खेलाडीलाई सम्मान गर्दै उनीहरुलाई सहयोग गर्नुपर्छ।’
सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै खेलाडीको जीवनयापनका लागि सहज वातावरण बनाउनु पर्छ। उनले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई मासिक रुपमा भत्ता उपलब्ध गराउन सरकारलाई आग्रह गरे।
खेलकुद क्षेत्र बुझेका व्यक्तिलाई राज्यले नियुक्त गरे मात्र समग्र खेलकुद क्षेत्रको विकास हुने बताउँदै, आइटिएफ प्रदेश १ का अध्यक्ष कार्कीले भने, ‘खेलकुद क्षेत्रको विकासमा तीन तहका सरकारले उच्च प्राथमिकता राख्दै बजेट बिनायोजन गरे मात्र खेल क्षेत्रको विकास हुन्छ। त्यसका लागि सरकारले योजनावद्ध तरिकाले खेलकुद क्षेत्रको विकासमा राज्यले लगानी गरे यसको प्रतिफल चाँडै देखिन्छ।’
प्रकाशित: २० माघ २०७९ ११:४३ शुक्रबार