६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

राजवीर फाइनलमा

नेपालका राजवीर प्रधान २०औं जयकर स्मृति एटिएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राजवीरले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे। फाइनलमा राजवीरको भेट हङकङका की छियोङ मोरिस ताङसँग हुनेछ। ताङले आफ्नै देशका वान हिम दोनोभान यिमलाई सीधा सेटमा ६–४ र ६–१ ले हराउँदै फाइनल यात्रा तय गरेका हुन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गर्ल्स सिंगल्समा भारतकी सराह चौधरीले नेपालकी स्वस्तिका विष्टलाई ६–३ र ६–० ले तथा भारतकी तनिशा भट्नागरले नेपालकी प्रशंसा मोक्तानलाई ६–२ र ६–२ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे। ब्वाइज डबल्समा हङकङका ताङ र यिमको जोडीले नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीलाई ७–५, १–६ (१५–१३) ले तथा भारतका सिद्धार्थ र भिभान मिर्धाको जोडीले भारतका ईशान बदाकी र सञ्जय गिरीश कुमारको जोडीलाई ६–३ र ६–० ले पन्छाउँदै फाइनल भिडन्त पक्का गरे।

प्रकाशित: ८ पुस २०७९ ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App