२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

दुई गर्भवतीको हवाई उद्धार

फाइल तस्बिर।

बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार ढोरपाटन नगरपालिका–८ की ३८ वर्षीयी हुमी विक र सोही नगरपालिका–५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौं पठाइएको हो।

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ। 

प्रकाशित: २८ असार २०८२ १९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App