चितवनको भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।
भरतपुर अस्पतालमा कार्यरत विकास मगरको पाँच वर्षीया छोरी अन्जना मगरको खेल्ने क्रममा खेल्ने क्रममा अचानक सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएको हो।
भरतपुर-१० घर भएकी बालिका असार ३० गते सेफ्टी ट्याङ्कीमा खसेकी थिइन्। उनको तत्काल उद्धार गरी भरतपुर अस्पतालमा उपचारभइरहेको थियो।
उपचारको क्रममा हिजो साँझ ६:४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।
प्रकाशित: ३२ असार २०८२ ०७:३५ बुधबार

