३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु

सर्लाहीको बिष्णु गाउँपालिका-७, दुल्वा टोलमा शनिबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय कपलेश्वर राय रहेको प्रहरीले जनाएको छ।

आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका रायको प्रादेशिक अस्पताल, मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २८ असार २०८२ १९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App