१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

भिरबाट लडेर एक महिलाको मृत्यु

जुम्लाको तिला गाउँपालिका-९ मालापानीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। अन्दाजी ३० वर्षीया ललिता थापाको भिरबाट लडेर मृत्यु भएको हो।

खेतबारीमा मल पुर्‍याएर घर फर्कदै गरेकी ललिता घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेकी थिइन्। स्थानीय मोतिराम बुढाका अनुसार उनी झण्डै ३ सय मिटर तलसम्म लडेकी हुन्। ललिताका एक छोरा र एक छोरी छन्।

प्रकाशित: ३० कार्तिक २०७९ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App