१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

ललितपुरमा तेह्र सय भन्दा बढी म्यादी प्रहरी परिचालन हुने

ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन हुने भएको छ। ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिएका हुन्। 

उनका अनुसार हाल उनीहरुलाई तालिम दिने काम भईरहेको छ। ललितपुरका विभिन्न नौं स्थानमा उनीहरुको तालिमको व्यवस्था गरिएको छ। १० दिनको तालिम पछि उनीहरुलाई आवश्यक्ता अनुसार मतदान केन्द्रहरुमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ। वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले नियुक्त गरिएका म्याद प्रहरीहरुमध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको बताए।

सरकारले हरेक निर्वाचनमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ। पूर्वसुरक्षाकर्मी, पूराना म्यादी प्रहरीहरुलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनौट गर्ने प्रावधान छ। आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ।

प्रकाशित: ३ कार्तिक २०७९ ११:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App