१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

ट्याक्सीको ठक्करबाट एकजनाको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ६ बाहाखा बजार भीमसेन चोकमा भएको दुर्घटनामा परी आइतबार एकजनाको मृत्यु भएको छ। 

सानोठिमीबाट निकोसेरातर्फ आउदै गरेको बा १ ज ९०६० नं. को ट्याक्सी र बिपरित दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नं. को मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुदाँ नुवाकोट घर भई हाल काठमाडौ कपन बस्ने ३१ बर्सिय मोटरसाइकल चालक दिपेन्द्र पण्डित गम्भीर घाइते भएका थिए। उनकाे उपचारको लागि कोरियन अस्पताल ठिमी पठाइएको थियो। 

प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पठाइएकोमा उपचारकै क्रममा आइतबार उनको निधन भएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको टोली खटिई अनुसन्धान कार्य गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्याक्सी चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १० बस्ने बर्ष ३९ को सुन्दर गोर्खाली वृत ठिमीको नियन्त्रणमा रहेको परिसका सूचना अधिकृत राजु पाण्डेले जनाकारी दिए। घटनाको सम्वन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: ३० आश्विन २०७९ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App