६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

जाजरकोटमा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध,कार्यकर्तासँग सम्पर्क नहुँदा उम्मेदवारलाई हैरान

अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ। सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका  हुन्। सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ।  

जिल्लाका सातै पालिकामाका साथै छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिममा समेत सञ्चार सेवा अवरुद्ध भएको छ। विद्युत् नहुँदा जिल्लाका रेडियोहरुसमेत बन्द भएका छन्। वर्षा निरन्तर भइरहेकाले विद्युत्, सञ्चार सबै सेवा ठप्प भएको छ। ग्रामीण सडकसमेत पूर्ण रुपमा ठप्प भएका छन् । जाजरकोट–डोल्पा सडक खण्डको खलङ्गादेखि नलगाड दल्लीसम्म मात्र यातायात सेवा सञ्चालन भएका छन्। नलगाड बारेकोट सडकसमेत ठाउँठाउँमा भत्किएका कारण यातायात सेवा अवरुद्ध भएको हो।  

पश्चिम जाजरकोट, रुकुम पश्चिमका ग्रामीण सडकसमेत अवरुद्ध भएको बताएको छ। विद्युत् सेवा मर्मत गर्नका लागि पानी निरन्तर परेका कारण समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ। आज प्रदेशसभा र प्रतिनिधिसभा तर्फको मनोनयन दर्ता गर्ने दिन भएकाले नेता तथा कार्यकर्ताहरुसँग सम्पर्क नहुँदा उम्मेदवारलाई हैरान भएको छ।रासस  

प्रकाशित: २३ आश्विन २०७९ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App