१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नागरिकता बनाइदेउ भन्दा सौतेनी आमामाथि खुकुरी प्रहार

कलैया उपमहानगरपालिका ७ रंगपुरका ततरी देवीको हत्या भएको बारा प्रहरीले जनाएको छ।

ततरी देवीको हत्यारा आरोपमा पक्राउ परेकालाई सार्वजनिक गर्न शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोग्टीले मृत्य ततरीले श्रीमान् शिवनारायण यादवसँग नागरिकता बनाउन भन्दा उनको खुकुरी प्रहार गरी हत्या गरिएको बताए।

नागरिकता बनाएपछि सम्पत्तिबाट अंश लिने डरका कारण सौतेनी छोरा जयकिशोर यादवले उनको हत्या गरेको बोग्टीले बताए। शिव नारायण यादवले दुई वटा विवाह गरेको र हत्या गरिएकी तेतरीको कुनै पनि सन्तान नरहेकोले उनी नागरिकता बनाउन भन्दा घरमा विवाद हुँदै आएको उपरीक्षक बोग्टीले बताए।

हत्या गरिएको दिन भदौ ३० पनि तेतरी देवीले श्रीमानसँग नागरिकता बनाउनको लागि भन्दा घरमा सौतेनी आमाको सन्तानहरुसँग झगडा भएको थियो। नागरिकता बनाउनका लागि झगडा गरेर बाहिर बसिरहेको अवस्थामा जयकिशोरले घाँटीमा नै खुकुरी प्रहार गरेपछि तेतरीको मृत्यु भएको बोग्टीले बताए। सौतेनी आमालाई हत्या गरेर फरार रहेका जयकिशोरलाई पर्साको इनर्वाबाट एक हप्तापछि पक्राउ गरेर ल्याइएको उनले पत्रकार सम्मेलनमा बताए।

प्रकाशित: ८ आश्विन २०७९ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App