१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वर थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामाथि डोजर चलाएको छ।

महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका सडक सीमा मिचेर बनेका अनधिकृत संरचना र पसल हटाउन डोजर चलाएको हो। महानगरका अनुसार ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको हो।

यो क्षेत्रमा रहेका संरचना हटाउन महानगरले १५ दिन अगाडि आग्रह गरेको थियो। महानगरको निर्णय अटेर गरेको भन्दै आज सो क्षेत्रमा सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो।

प्रकाशित: ३१ भाद्र २०७९ ०९:०१ शुक्रबार

काठमाडौँ महानगरपालिका नयाँ बानेश्वर थापागाउँ क्षेत्र