४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पालिकाको प्रशासनिक भवनको शिलान्याश

पालिकाको प्रशासनिक भवन शिलान्याश गर्दै गाउँपालिका उपाध्यक्ष पार्वती शिंह (संज्याल)

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको लागि शिलान्याश गरेको छ। बिहिबार गाउँपालिका उपाध्यक्ष  पार्वती सिंह (संज्याल)ले भवन सिलान्यास गरेकी हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय  र सान्नी त्रिवेणी गाउँपालिकाको साझदारीमा ८करोड ६२ लाखको लागतमा निर्माण हुने भवन निर्माण सम्पन्न भए पछि गाउँपालिकाको काम कारवाहीमा सहजता हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको सेनटर रहेको वडान—६मा २ तले सुविधासम्पन्न भवन बन्न लागेको हो।

भवन सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले भवन तोकिएको समयमा गुणस्तीय बन्ने बिश्वास व्यक्त गरेको बताईन्। उनले  भनिन् ‘स्टामेट अनुसार दुई वर्षमा भवन तया हुनेछ। समयमै भवन सम्पन्न गर्न र गुणस्तरीय बनाउन गाउँपालिकाले बेला बेलामा अनुगमन गर्ने छ।’  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज शाहीले नयाँ जनप्रतिनिधि आएपछि पालिकामा धेरै विकास भएको दावी गरे। उनले पछिल्लो तिन महिनाको दौरानमा स्थानिय सरकारले आ–आफ्नो क्षेत्राधिकार भित्र रहेर धेरै विकासे योजनाहरु सुरु गरेको वताए।

उनले शिक्षा,स्वास्थ्य तथा भौतिक पूर्वधार विकासमा स्थानिय सरकारहरुले राम्रो काम गरेको तथा जनताको जनजीवनमा पहिले भन्दा अहिले निकै परिवर्तन आएको दावी गरे।

स्थानिय सरकारले धेरै राम्रो काम गरेको बताउदै वडानं—४ का वडा अध्यक्ष देवनाथ योगिले भवन निर्माण पश्चात सान्नी त्रिवेणी गाउँपालिकाका जनतालाई प्रशासनिक तथा विकास निर्माणका अन्य कामहरु गर्न सहज हुने विश्वास व्यक्त गरे । सेवाग्रहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनु पर्नेमा उनको जोड थियो।

हाल संचालनमा रहेको गाउँपालिको आवासीय कार्यालयको छेवमै निर्माण हुने भवनको सिलान्यास कार्यक्रममा  वडान–७ का वडा अध्यक्ष जयप्रसाद सिम्खडा,ठेकेदार हिक्मत शाही,स्थानिय लगाएतको उपस्थिती रहेको थियो।

प्रकाशित: १७ भाद्र २०७९ ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App