६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ढुङ्गेधाराको सात टहरासहित तीन भर्‍याङ भत्काइयो

अवैधरुपले बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले र वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भर्‍याङ हटाएको छ। 

गत मङ्गलबारदेखि महानगरले नक्सा पासअनुरुप निर्माण नभएका र नक्सा पासअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नभएको संरचना अवैध भएको भन्दै त्यस्ता संरचना हटाउँदै आएको छ। महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार उक्त स्थानका अवैधरुपले बनाइएका सात टहरासहित सडकबाट नै घरमा राखेको तीनवटा भर्‍याङ भत्काइएको हो।

उक्त अभियान अन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैधरुपले बनाइएका संरचना, काठमाडौँ मलका अवैधरुपले बनाइएका संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको संरचना भत्काइएको छ। दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन महानगरका प्रमुख बालेन्द्र साहले निर्देशन दिएका छन्। आनाकानी गर्दै आएका ती संरचनामा डोजर चलाउन महानगर बाध्य हुने बताइएको छ। 

अवैधरुपले बनाइएका संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउने भन्दै महानगरले ३५ दिने सूचना जारी गरेको थियो। सार्वजनिक सूचना बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको हो। अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने  काठमाडौँ महानगरको विश्वास छ।

नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै महानगरले भत्काउन थालेको हो। हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको महानगरले जनाएको छ। रासस

प्रकाशित: ११ भाद्र २०७९ ०९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App