१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ

सात वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकाका ६३ वर्षीय एक वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आठराइ त्रिबेणी गाउँपालिकालाई वडा नं १ निघुरादिनका ६३ वर्षीय कैलाश पोमू लिम्बू रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले पक्राउ परेका लिम्बूलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको जानकारी दिए। 

प्रकाशित: ९ भाद्र २०७९ १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App