१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीकै सामु सिन्डिकेटवालाले नयाँ बस तोडफोड गरे

पोखरा-सरकारबाट इजाजत लिएर नगरमा सेवा दिन सुरु गरेका ३ बसलाई पुराना व्यवसायीले मंगलबार तोडफोड गरेका छन्। तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले पोखरा बस व्यवसायी समितिका कोषाध्यक्ष पवित्रमणि अधिकारी र देवीप्रसाद कुइँकेल सहसचिवलाई पक्रेको छ।मंगलबार बिहान ८ बजे छोरेपाटनबाट छुट्न लाइन लागेका विन्ध्यवासिनी बस व्यवसायी समितिका बस फुटालिएका हुन्। प्रहरीकै सामुन्ने ती बस फुटालिएको प्रत्यक्षदर्शीले बताएका छन्। यातायात व्यवस्था कार्यालय गण्डकीले विन्ध्यवासिनीलाई माघ १८ गते रुट इजाजत दिएको थियो। त्यसलगत्तै २२ गतेबाट सडक ओर्लिएका नयाँ बसलाई पुराना व्यवसायीले बाटो छेकेर अवरोध गरेका थिए। तर प्रशासनले भने उनीहरुको अवरोध हटाउन पहल गरेको छैन। कास्कीका प्रमुख जिल्ला अधिकारी हरि मैनाली कानून अनुसार गर्ने भन्दै औपचारिक प्रतिक्रियामात्रै दिइरहेका छन्।

'हेरौं तोडफोडमा संलग्न हो कि होइन भनेर बुझ्छौं, त्यसै अनुसार कानुनी रुपमा अगाडि बढ्छौं,' सिडिओ मैनालीले भने। तर उनले सरकारबाट इजाजत पाइसकेका बसलाई किन प्रशासनले सुरक्षित साथ गुड्न प्रशासनले वातावरण दिएको छैन भन्ने प्रश्नको प्रष्ट जवाफ दिएनन्।

पुराना व्यवसायीहरु भने पोखरामा थप बस आवश्यक नभएको भन्दा नयाँलाई कुनै हालतमा चल्न नदिने बताएका छन्। गण्डकी धौलागिरी सार्वजनिक यातायात समन्वय समितिका अध्यक्ष वसन्त प्रधानले नयाँलाई रोक्न चक्काजामसहितको आन्दोलन गर्ने विज्ञप्तिमार्फत जनाएका छन्। आफूबाहेक अरु बस भित्रन नदिने उनीहरुको सिन्डिकेट चरित्रलाई प्रशासनलेसमेत सघाएको आरोप सर्वसाधारणले लगाएका छन्। उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालाले उपभोक्ताले गुणस्तरीय बस सेवा पाउनुपर्ने अधिकार रहेको बताए।

प्रकाशित: ३ फाल्गुन २०७२ २३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App