१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लुम्बिनीमा गुरुयोजना विपरीत वैद्यलाई रिर्सोट चलाउन जग्गा दिने निर्णय खारेज

बुद्ध जन्मस्थल लुम्बिनीमा यसअघि लुम्बिनी गुरुयोजना विपरीत निजी कम्पनीलाई रिर्सोट चलाउन जग्गा दिने भनेर गरिएको निर्णय खारेज भएको छ। लुम्बिनी गुरुयोजना क्षेत्रभित्र पर्ने क्याम्पेन ग्राउण्डमा रिर्सोट संचालन गर्न संसारा वेलनेशलाई जग्गा दिने निर्णय गत जेठमा लुम्बिनी विकास कोष परिषदको बैठकले गरेको थियो।  

मंगलबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको परिरषद बैठकले क्याम्पेन ग्राउण्डको जग्गा निजी कम्पनीलाउएई दिने निर्णय खारेज गरिदिएको हो।

तत्कालिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अध्यक्षतामा गत जेठ १९ गते बसेको कोषको बैठकले गुरुयोजना विपरीत क्याम्पेन ग्राउण्डको जग्गा निजी कम्पनीलाइ दिने निर्णय गरेको थियो। तत्कालिन समयमा बैठकले व्यवसायी सुरज वैद्यको संसारा वेलनेस कम्पनीलाई गुरुयोजना भित्रको क्याम्पेन ग्राउण्डमा रिर्सोट संचालनको अनुमती दिने निर्णय गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो।

मंगलबार मन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले तत्कालिन मन्त्री आलेको अध्यक्षतामा बसेको बोर्ड बैठकको सो निर्णय लुम्बिनी गुरुयोजना विपरीत रहेको ठहर गर्दै खारेज गरेको हो। बैठकले सो निर्णय खारेज गरी उक्त स्थानमा गुरुयोजना अनुरुप नै स्तरीय र सुविधा सम्पन्न पार्क,पिकनिक सेट तथा तथा मनोरञ्जनस्थल बनाउने गरी योजना बनाउने सोच अगाडी सारेको बताइएको छ।

कोषको परिषद बैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि ल्याईएका विद्युतीय बस यथासिघ्र संचालन गर्ने निर्णय  पनि गरेको छ। लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक बर्षभित्रै सम्पन्न गर्ने निर्णय समेत बैठकले गरेको मन्त्री श्रेष्ठले बताए। विभिन्न बौद्धस्थलहरुलाई समेटेर बनाउन लागिएको दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुइ महिना भित्र तयार गर्ने, रामग्रामको गुरुयोजना  मन्त्रिपरिषदमा स्वीकृतिका लागि लैजाने, तिलौराकोट क्षेत्रका सम्पदाहरुको गुरुयोजना तयार गर्ने, देवदहमा देवदह म्युजियम स्थापना गर्ने, बुद्ध क्षेत्रहरुको उत्खननलाई निरन्तरता दिने लगायतका निर्णय परिषद बैठकले गरेको लुम्बिनी विकाष कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराइ(सिद्धिचरण)ले जानकारी दिए।  

सभाले विगतमा निर्माण गरेको लुम्बिनीको विकास र प्रबद्र्धनका लागि अन्तराष्ट्रिय मञ्चमा  संलग्न राष्ट्रहरुको बैठक बोलाउन राजदुतस्तरीय बैठकका लागि परराष्ट्र मन्त्रालयको समन्वयमा राख्ने निर्णय गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। तिलौराकोटलाई विश्वसम्पदा सुचिमा सुचीकरणका लागि  मनोनयन रणनीतिपत्र लेखनका लागि डंगन मार्सल अष्ट्रेलियालाई अन्तर्राष्ट्रिय विज्ञ छनौट गर्ने निर्णय पनि गरेको कोषका सदस्य सचिव शाक्यले बताए।

बैठकले आगामी मंसिर (नोभेम्बर)मा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने निर्णय पनि गरेको छ। सम्मेलनका लागि कोषका उपाध्यक्ष भिक्षु मैत्तेयको संयोजकत्वमा कार्य सम्पादन समिति पनि निर्माण गरेको छ। बैठकले मायादेवी अक्षयकोष निर्माण गरी कोषमा जम्मा भएको रकमको व्याजबाट संचालन खर्च नियमित गर्ने लगायतका निर्णय गरेको छ।

कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा लुम्बिनीमा बसेको बैठकले आर्थिक बर्ष ०७९/८० का लागि निती तथा कार्यक्रम र बजेट पारित गरेको छ। बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यो बैठकले कोषको इतिहासमा नयाँ कार्यको शुरुवात गर्दै संस्थागत विधि स्थापित गरेको बताए।  

बैठकमा सदस्य सचिव शाक्यद्धारा ४५ बुँदे  नीति तथा कार्यक्रम र कोषाध्यक्ष भटराईद्धारा प्रस्तुत संघीय तर्फको १ अर्ब ५५ करोड र आन्तरिक तर्फको १७ करोड ४० लाख बराबरको आम्दानी खर्चको बजेट पारित गरिएको छ।

प्रकाशित: १८ श्रावण २०७९ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App