अछाममा पहिरोले एउटा घर पुरिँदा तीनजनाको मृत्यु भएको छ। अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिँदा एउटै परिवारका तीन जनाको मृत्यु भएको हो।
गए राति करिब १२ बजे घरमाथिबाट पहिरो खसेको स्थानीयले बताएका छन्। मृत्यु हुनेमा २५ वर्षीय वीरेन्द्र विष्ट,१५ वर्षीय संविधान विष्ट र ४५ वर्षीया हरिकला विष्ट रहेका छन्।
पहिरोमा पुरिएर एक जना घाइते भएको प्रहरीले जनाएको छ। पहिरोमा पुरिएर पाँच बाख्रा पनि मरेका छन्।
प्रकाशित: ९ श्रावण २०७९ ०२:१७ सोमबार