२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित लामाबगर नजिकै पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ। एक जना महिला घाइते भएकी छन्। बाटोमा हिँड्दै गरेका महिलालाई मंगलबार विहान साढे छ बजेतिर पहिरोले पुरेको थियो।  

मृतक अछामको तुर्माखाँद गाउँपालिका–६ रानीबनकी अमृता जैसी हुन्। सोही ठाउँकी रती कामी घाइते छन्। घटनास्थल पुगेका तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्वरबहादुर विसीले बाटोमा हिँड्दै गरेको बेला पहिरोले दुबै महिलालाई पुरेको बताए।  

विसीका अनुसार दुबै महिला कैलालीको लम्कीचुहा नगरपालिकामा रहेका आफन्त भेट्नका लागि जाँदै थिए।  ‘निरन्तर वर्षा भइरहेकाले त्यो क्षेत्रमा पहिरो आइरहेको थियो, दुबै जना सोमबार राति अछामको सिमाक्षेत्र जंगलाघाट बसेका रहेछन्,’ उनले भने, ‘विहान छ बजे हिँडेर गइरहेका बेला पहिरोमा पुरिएछन्।’

घटनास्थलमा प्रहरी पुगिसकेको छैन्। कर्णाली प्रदेश सरकारले घाइतेको उद्दारका लागि हेलिकोप्टर पठाउने तयारी गरिरहेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले घाइतेको उद्दारका लागि हेलिकोप्टर पठाउन लागिएको बताए। ‘भर्खरै पहिरोले मानिस पुरिएको खवर आएको छ,’ उनले भने, ‘हेलिकोप्टर पठाउने तयारी गरिरहेका छौं।’

प्रकाशित: २१ असार २०७९ ०६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App