२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पाँंचतले मन्दिर अगाडि ठडियो बेताल भजन घर

भक्तपुरको विश्वप्रसिद्ध पाँंचतले (ङातापोल) मन्दिर अगाडि अर्काे एउटा मन्दिर (बेताल भजन घर) ठडिएको छ। २०७२ सालको महाभूकम्पले भग्नावशेषसमेत हटेको भजन घरले भूकम्पको ६ वर्षपछि मूर्त रुप पाएको हो। भजन घर तीन तलाको छ। यो पाँंचतले मन्दिरको अगाडि रहेको ठूलो अग्लो भैरबनाथको मन्दिरसँंग जोडिएको छ।

स्थानीका अनुसार ऐतिहासिक यो मन्दिर २०७२ सालको महाभूकम्पमा भत्केको थियो। चारैतिरको घरहरुसमेत भत्केर सबैतिर भत्केका घरहरुको भग्नावशेषका कारण डोजरले भग्नावशेष पन्छाउँंदा मन्दिरको अवशेष नै बाँंकी नरहने गरी बाटो जस्तै बनेको थियो। भूकम्पले मन्दिर पूरै भत्केर सबै भग्नावशेषहरु पन्छाउँंदा मन्दिरको भग्नावशेष नै बाँंकी रहेको थिएन।

त्यसपछि भक्तपुर नगरपालिकाले २०७६ कार्तिक २९ गते उपभोक्ता समिति गठन गरी पुनर्निर्माणको काम थालेको थियो। बेताल भजन घर पुननिर्माण कार्य योजना उपभोक्ता समितिका  अध्यक्ष रामेश्वर मचामसीले सुरुमा मन्दिर जिर्णाेद्धार अगाडि मन्दिरका थाम खोज्ने कार्य भएको स्मरण गरे। कुनै थाम कता त कुनै कता हुँंदा एक/दुई वटा थाम भेटिएको तर काम नलाग्ने भएपछि नयाँं थाम बनाएर काम सुरु गरेको उनले सुनाए।  

२०७६ मंसिर २ गतेबाट सुरु भएको मन्दिर बनाउने काम अहिले अन्तिम चरणमा पुगेको छ। यो महिनाभित्रै सम्पूर्ण काम सम्पन्न हुन्छ, उपभोक्ता समितिका अध्यक्ष मचामसीले भने, दुई/चार दिनमै काम सम्पन्न भइ मन्दिरले नयाँं जीवन पाउनेछ। मन्दिरका लागि ९९ लाख ८० हजार ४ सय ७४ रुपैयाँं २४ पैसाको लागत इष्टमेट निकालिएको छ।

मन्दिर भक्तपुर नगरपालिकाको बजेटमा बनेको हो। मन्दिर बनाउने काम अन्तिम चरणमा पुगेपछि अहिले त्यहाँं जनश्रमदान गर्नेहरुको पनि लहर नै चलेको छ। पछिल्ला हप्ताहरुमा दैनिक दर्जनौ स्थानीय महिला तथा पुरुषहरु जनश्रमदानमा सहभागी हुँंदै आएको जनाइएको छ।

विशेष गरेर महिलाहरुको उत्साहपूर्ण जनसहभागिता देखेर घुम्न आइरहेका विदेशी पर्यकट पनि मख्ख परेका थिए। महिलाहरुको जोश देखेर पर्यटकहरु पनि काममा जुटका थिए। मन्दिर बनाउनका लागि जनश्रमदान गर्नेहरुको लर्काे देखेर धेरै अहिले फेरि पहिला पाँंचतल्ले मन्दिर जिर्णाेद्धारमा भएको महिलाहरुको जनश्रमदानको झल्को दिइरहेको छ।

पाँंचतले मन्दिर जिर्णाेद्धार गर्न गठित उपभोक्ता समितिका अध्यक्ष केशव तमखू आफूलाई ठ्याक्कै पाँंचतले मन्दिर बनाउँंदाको झझल्को आइरहेको बताउँंछन्। स्थानीय बुढापाकाले बताए अनुसार मन्दिर १९९० सालको भूकम्प अगाडि नै थियो। तर २०७२ सालको महाभूकम्पले मन्दिर पूरै भत्केर भग्नावशेष समेत बाँंकी रहेको थिएन।

तर अहिले मन्दिरले मूर्त रुप दिँदा स्थानीय खुशी छन्। पाँंचतल्ले मन्दिर अगाडिकै पहिलो लोप जस्तै भइसकेको मन्दिर बन्दा पाँंचतल्ले मन्दिर वरपरको सौदर्य नै सुन्दर देखेको अनुभव गरिएको छ।

प्रकाशित: २० असार २०७९ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App