१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वर्षाले भोजपुरका पाँच स्थानीय तहको यातायात अवरूद्ध

फाइल तस्बिर

वर्षातका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरुद्व भएको छ। वर्षाले ग्रामीण भेगका कच्ची सडक हिलाम्य भएका छन् । यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ।  

दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातयात सेवा बन्द छ। सडक हिलाम्य बन्दा आवतजावत बन्द भएको हो। सडक हिलाम्य भएपछि कृषकले उत्पादन गरेका कृषिउपजसँगै दूध संकलनमा समस्या भएको छ। मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ।

गणेशस्थान दुग्ध उद्योगका सञ्चालक रमेश कार्की दुग्धजन्य पदार्थ संकलनमा समस्या भएको बताउँछन्।  'कष्टपूर्ण यात्रा गरेर कृषिउपज बजारसम्म लैजानु पर्छ', उनले भने। सडक अवरुद्व भएपछि सुत्केरी र बिरामीलाई समस्या भएको छ। दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका सन्तोष विष्टले बताए।  

सदरमुकामबाट खोटाङको पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द छ। भोजपुर–लेगुवा (६६ किलोमिटर) सडक र भोजपुर–चखेवा (४२ किलोमिटर) सडक भने सञ्चालनमा छ।

रासस

प्रकाशित: १६ असार २०७९ ०५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App