४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

राजा वीरेन्द्रको शालिक प्रहरीले बल प्रयोग गरी निकाल्यो, नेपालगन्ज तनावग्रस्त

स्वर्गीय राजा वीरेन्द्र शाहको स्मृतिमा राखिएको शालिक प्रहरीले बल प्रयोग गरी निकालेको छ। नेपालगन्जस्थित वीरेन्द्रचोकअर्थात धम्बोझीबाट बिहीबार बिहान राजावादी समूहले राजा वीरेन्द्रको शालिक राखेका थिए।

शालिक निकाल्ने क्रममा उक्त क्षेत्रमा ढुंगामुडासमेत भएको छ। ढुंगामुडामा केही प्रहरीहरु समेत घाइते भएका छन्। अहिले उक्त क्षेत्र तनावग्रस्त भएको छ। २१औँ पुण्यतिथिको अवसरमा राखिएको शालिक राज्यले बल प्रयोग गरेर निकाल्नु व्यवस्था विरोधी काम भएको राजावादी समूहको भनाइ छ। 

एउटा राजाको शालिक राख्दा गणतन्त्र सरकार यसरी डकमगाउनु पर्ने अवस्थाले गणतन्त्रको धरातल कमजोर भएको सावित हुने राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटाले जनाए। कुनै दल वा पार्टीको सिद्धान्तप्रति यसरी राज्य र सरकार आक्रमण हुन आवश्यक नभएको उनी बताउँछन्। यस घटनाले उनले निन्दासमेत गरेको छन्।

प्रकाशित: १९ जेष्ठ २०७९ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App