६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरी पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए। गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरिएको हो।  

चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो। बरामद गरिएको गहनाको बजार मूल्य रु चार लाख ३८ हजार रहेको बताइएको छ। चौधरीलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ। रासस

प्रकाशित: १८ जेष्ठ २०७९ ०५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App