११ माघ २०८१ शुक्रबार
image/svg+xml
समाज

असुरक्षित यौनसम्पर्कले पटक पटक गर्भपतन

इलाम–भनिन्छ– 'परेपछि चेतिन्छ ।' यो उखान चल्तीमा रहे पनि गर्भपतन गराउने महिलाका सन्दर्भमा फरक देखिएको छ। अनिच्छित गर्भ रहँदा स्वास्थ्य संस्था पुगेर पतन गराउने महिलाहरुले दोस्रोपल्ट पनि त्यस्तै अनिच्छित गर्भ बोकेको पाइएको छ।पहिलोपल्ट गर्भपतन गरेपछि असुरक्षित यौनसम्पर्क गर्दा उनीहरु फेरि अनिच्छित गर्भ बोक्न बाध्य भएका हुन्। यौनसम्पर्कका बेला गर्भनिरोधका अस्थायी र स्थायी साधन प्रयोगमा मन नलगाउँदा धेरै महिलाले दोहो¥याएर गर्भपतन गरिरहेका छन्।

सरकारी तथा निजी क्षेत्रबाट गर्भपतन सुविधा गाउँ गाउँ विस्तार भइसक्दासमेत इलाम र पा"चथरका ३० प्रतिशत महिला त्यसरी रहेको गर्भ पतन नगराएको पाइएको छ। आइपास नेपालको सहयोगमा सेवा विस्तार भएका केन्द्रहरुको तथ्यांक अनुसार जिल्ला अस्पताल पुगेका सेवाग्राहीले पनि गर्भनिरोधक साधन प्रयोग नगरेको पाइएको छ। तर, जिल्ला अस्पताल पाँचथरबाट सेवा लिनेमध्ये १५ प्रतिशतले मात्रै गर्भ निरोधक साधन प्रयोग गर्ने गरेको देखिएको छ।

त्यहा"को अस्पतालमा तीन सय ९८ जनाले गर्भपतन गराएकोमा ६० जनाले मात्रै गर्भनिरोधक साधन प्रयोग गरेका छन्। एकपल्ट गर्भपतन गराएपछि यौनसम्पर्क गर्दा गर्भनिरोधक साधन प्रयोग नगर्ने स्थिति कायम रहेकाले यस्तो तथ्यांक आएको हो। उक्त अस्पतालकी स्टाफ नर्स लक्ष्मी जोशी एकपल्ट गर्भपतन गराएका सेवाग्राहीले सुरक्षित यौनसम्पर्क गरी अनिच्छित गर्भप्रति सचेत नभएको बताउ"छिन्। त्यसको प्रत्यक्ष असर महिलाको स्वास्थ्यमा देखिने गरेको छ।

'हामीले आग्रह गर्दा पनि उनीहरु गर्भनिरोधक साधन प्रयोग गर्न मान्दैनन्,' जोशी भन्छिन्, 'कतिले श्रीमान छुट्टिमा आउनु भएकाले मात्र गर्भ रहेको भन्छन्, कतिले अब गर्भ रहँदैन साधन चाहिँदैन भन्दै टालटुले जवाफ दिन्छन्।' एकपल्ट गर्भपतन गरेपछि पाठेघर कमजोर हुने र चाहेको बेला गर्भाधारण गर्न समस्या हुनसक्ने सचेत गराउ"दा गराउ"दै पनि महिलाले असुरक्षित यौन सम्पर्क गरेर आफ्नो स्वास्थ्य समस्या आफैं बल्झाइरहेको उनी बताउ"छिन्।

पा"चथरमा अस्पताल बाहिरका स्वास्थ्य संस्थामा गर्भपतन गराएकामध्ये ६४ प्रतिशत महिलाले गर्भनिरोधक साधन प्रयोग गरेका छन् । त्यस्ता संस्थामा गर्भपतन गराउने एक हजार ४५ मध्ये पाँच सय ९९ जनाले पिल्स र डिपो प्रयोग गरेका छन् भने ७२ जनाले लामो अवधि गर्भ रोक्नका लागि आइयुसिडी र इनप्लान्ट राखेका छन्। अर्को अध्ययन अनुसार चार प्रतिशतले लामो अवधिका साधन प्रयोग गरेका छन् भने करिव ४४ प्रतिशतले छोटो अवधिका डिपो र पिल्स प्रयोग गर्ने गरेका छन्।

इलाममा पनि गर्भपतन गराउने २९ प्रतिशतले एकपल्ट गर्भपतनपछि यौनसम्पर्क गर्दा गर्भनिरोधक साधन प्रयोग नगरेको पाइएको छ । जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थाबाट मात्रै चार सय ५४ गर्भपतन गराएका छन्। उनीहरुमध्ये दुई सय ९७ जनाले छोटो अवधिको र ३१ जनाले लामो अवधिको गर्भनिरोधक साधन प्रयोग गरेका छन् । छोटो अवधिको गर्भनिरोधक साधन प्रयोग गर्ने ६४ प्रतिशत र लामो समयको गर्भनिरोधक साधन प्रयोग गर्नेको संख्या सात प्रतिशत हाराहारी छ।

अनिच्छित रुपमा रहेको गर्भ पतन गराएपछि गर्भनिरोधक साधन प्रयोग गर्नु उपयुक्त हुने चिकित्सक बताउँछन् । गर्भपतन गराएको १० दिनभित्रै अर्को गर्भ रहनसक्ने भएकाले गर्भपतन गराउने महिलाले गर्भनिरोधक साधन प्रयोग गर्नुपर्ने इलाम अस्पतालकी मेडिकल सुपरीटेन्डेण्ट डा. विना शाक्यले बताइन्। 'गर्भपतन गराएको छोटो समयमा नै अर्को गर्भपतन गराउँदा इन्फेक्सन हुने खतरा हुन्छ,' उनी भन्छिन्, 'त्यसैले गर्भपतन गराइसकेपछि गर्भनिरोधक साधन प्रयोग गर्नु नै उचित हुन्छ।'

गर्भपतनको सेवा सर्वसुलभ बन्दै गए पनि असुरक्षित रुपमा गर्भपतन गराउनेको संख्या पनि घटेको देखिंदैन। असुरक्षित रुपमा गर्भपतन गराएका कारण जटिलता उत्पन्न भई एक सय ४ जना महिलाले इलाम अस्पतालमा उपचार गराएको पाइएको आइपास नेपालका कार्यक्रम संयोजक केदार भण्डारी बताउ"छन्। पाँचथर अस्पतालमा पनि असुरक्षित गर्भपतन गराउँदा जटिलता थपिएका विरामीहरु आउने स्टाफ नर्स जोशी बताउ"छिन्। त्यहा" महिनामा त्यस्ता तीन÷चार विरामी पुग्छन्।

एकपल्ट गर्भपतन गराएर फर्केका कतिपय महिला छोटो समयमै फेरि गर्भपतनका लागि आउने गरेको स्वास्थ्यकर्मी बताउँछन्। यसरी छोटो समयमा नै पटक–पटक गर्भपतन गराइँदा गर्भपतन सेवा नै अस्थायी साधनका रुपमा बुझ्न थालिएको पनि स्वास्थ्यकर्मी बताउँछन्। 'यसले महिलाको पाठेघरमा गम्भीर असर पर्नसक्छ, त्यसैले बेलैमा सचेत भएर अनिच्छित गर्भ रहन नदिन गर्भनिरोधक साधन प्रयोग गर्नुपर्छ,' जोशी भन्छिन्, 'नत्र महिलाले चाहेको बेला आमा बन्नसक्ने अवस्था रहँदैन ।'

प्रकाशित: २ आश्विन २०७२ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App