२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

छिमेकीको कुटपिटबाट ४० वर्षीय पुरुषको मृत्यु

सुन्दरहरैँचा नगरपालिका-६ जुलबी चोकका ४० वर्षीय मानबहादुर तामाङलाई छिमेकीले कुटपिट गर्दा मृत्यु भएको छ।

सोही ठाउँका ३५ वर्षीय मणिकुमार तामाङले दाउराको चिरपटले टाउकोमा प्रहार गर्दा मानबहादुर गम्भीर घाइते भएका थिए। घाइते मानबहादुरको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

चैत ३० गते मणिका बुवा ६४ वर्षीय देवीप्रसाद तामाङसँग जग्गाको विषयमा मृतक मानबहादुरको झै–झगडा भएको थियो। बुवासँग झगडा हुँदा छोरा मणिकुमारले मानबहादुरलाई दाउराले प्रहार गरेको प्रहरीले जनाएको छ। कुटपिट गर्ने मणिकुमार तामाङलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: ३ वैशाख २०७९ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App