६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ज्यान मार्ने उद्योगको आरोप लागेकाे एक जना लागुऔषधसहित पक्राउ

ज्यान मार्ने उद्योगको आरोप लागेका एक जनालाई विराटनगरबाट र लागुऔषध गाँजासहित जहदा गाउँपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  

विराटनगर महानगरपालिका–८ स्थित अशोक चोकका सेराजुल मियाँलाई ज्यान मार्ने उद्योग आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको हाे। २०७८ साल कात्तिक २४ गते राति साढे ८ बजेतिर सोही स्थानका अफाक आलमलाई खुकुरी प्रहार गरी घाइत बनाई फरार भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। फरार भए मियाँलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।  

त्यस्तै, जहदा गाउँपालिका–१ स्थित लंका टोलका ३२ वर्षीय मुन्ना मलाहालाई लागुऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ। डिएसपी श्रेष्ठका अनुसार शनिबार राति डेढ बजेतिर मलाहाले भारततर्फ लैजाँदै गरेको १४ केजी गाँजासहित पक्राउ परेका हुन्। पक्राउ परेका मलाहालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।  

त्यसैगरी, भारतबाट भन्सार छलेर ल्याउँदै गरेको खाद्यान्न र लत्ताकपडा विराटनगरको विभिन्न स्थानबाट बरामद गरेको छ। नेपाल ल्याउँदै गरेको खाद्यान्न र लत्ताकपडा गरी करिब २ लाख ६० हजार ५ सय ६० रुपैयाँ बराबरको सामान बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाएको डिएसपी श्रेष्ठले बताए।  

प्रकाशित: २९ चैत्र २०७८ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App