७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बैंक तथा वित्तिय संस्था ठगी गर्ने समूहका दुई जना पक्राउ

बैंक तथा वित्तिय संस्थाका कर्मचारी, जिम्मेवार उच्च पदस्थ व्यक्तिसहित गलत नियत भएका व्यक्तिद्दारा ठगी गर्ने क्रम बढीरहेका बेला सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले अदालतले कैद सजाय फैसला गरेका एक जना र एक जना वित्तिय संस्थाको रकम लिएर फरार भएका कर्मचारीलाई पक्राउ गरेको हो।

प्रहरीले २०७५ फागुन २७ गते उच्च अदालत विराटनगरले  बैंकिङ् कसुर मुद्दामा सजाय तोकेका सुनसरी हरिनगर गाउँपालिका वडा नं. १ का ३६ वर्षे समसेर आलमलाई पक्राउ गरेको हो। अदालतको फैसला अघिदेखि नै फरार भएका उनलाई प्रहरीले तीन वर्ष पछि मात्र पक्राउ गर्न सफल भएको हो।

उच्च अदालतले उनलाई तीन  महिना कैद र ७१ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो। पक्राउ परेका आलमलाई अदालतमा उपस्थित गराएपछि जरिवाना बापतको रकम व्यहोर्न नसकेको हुँदा  थुनामा राख्न झुम्का कारागार चलान गरिएको छ।

यसैगरी, इटहरी वडा नं. १३ को  महिला लघुवित्त संस्थामा कार्यरत कर्मचारी मोरङ ग्रामथान गाउँपालिका वडा नं. १ लखनतरीका २४ वर्षे रोसनकुमार माझीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाक्रम अनुसार फागुन २२ गते माझीले इटहरी वडा नं. १३ कै सनराईज बैक लिमिटेड शाखा कार्यालयमा कार्यालयको कामको लागि रकम निकाल्न भनि नौ लाख ८० हजारको चेक लिई गएका थिए।

बैकवाट निकालेको रकम र वित्तिय संस्थाको वडा नं. १३ स्थित रहेको केन्द्र नं. १२ वाट कलेक्सन गरेको १९ हजार ९८० गरी जम्मा नौ लाख १९ हजार नौ सय असी रकम लिइ फरार भएका थिए। 

लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयको उजुरीको आधारमा माझीको निरन्तर खोजतलास गर्दा विराटनगर महानगरपालिका वडा नं. १५ स्थित नेपाल भारत सिमाना नजिक रहेको मिस्टी गेष्ट हाउसको कोठा नं. १०४ बाट फेला पारेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले बताए । उनलाई ठगी मुद्दा चलाएर अनुसन्धान चलिरहेको छ। प्रहरीले उनको साथबाट भारतीय तीन लाख पैत्तिस हजार, नेपाली २४ हजार १७५, दुईवटा भारतीय सिम कार्डलगायतका सामान बरामद गरेको छ।

प्रकाशित: ८ चैत्र २०७८ १४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App