५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठविरुद्ध मङ्गलबारदेखि लागू हुनेगरी १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ।

सिंहदरबारस्थित आज बसेको समितिको बैठकले सो उजुरी दिन आह्वान गरेको हो। समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुने जानकारी दिए।

 न्यायपरिषद्ले यही फागुन २६ गते विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो। रासस

प्रकाशित: १ चैत्र २०७८ ०१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App