coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लागुऔषधसहित ३ जना पक्राउ

मोरङको विराटनगर महानगरपालिका–१५ बाट तीन जना पक्राउ परेका छन्। नेपाल-भारत सीमा क्षेत्रअन्तर्गत मोरङको विराटनगर महानगरपालिका-१५ बाट तीन जनालाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–९ का ३८ वर्षीय संदीप खड्का, काठमाडौँ स्वयम्भु नगरपालिका-१५ का २३ वर्षीय हिमाल नेपाल र रामेछाप देउराली गाउँपालिका–५ का ३४ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईका अनुसार आइतबार राति १० बजेतिर प्रहरीको गस्ती टोली शंका लागी चेक गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर बरामद भएको हो।

पक्राउ परेकाहरुको साथबाट १ ग्राम ६ मिलिग्राम ब्राउनसुगर, नगद १ लाख ५ हजार रुपैयाँ बरामद भएको एसपी राईले जानकारी दिए। पक्राउ परेका तीन जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०७८ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App