५ माघ २०८१ शनिबार
image/svg+xml
समाज

कसले फुटाउँछ सडक छेउका ऐना?

गोरखाको सडक छेउको घुम्तिमा राखिएको ऐना। तस्बिर: नागरिक

आँबुखैरेनीदेखि गोरखा बजारसम्म र बजारदेखि गोरखा दरबारसम्मका बिभिन्न ठाउँमा केही समय अघि सडक ऐना (कन्भेक्स मिरर) राखिएको थियो। सवारी चालकको सजिलोका लागि घुम्ती सडकमा राखिएका मध्ये अहिकांश ऐना फुटाइएको छ।  

घुम्ती सडकमा सवारी साधन आएको सहजै देख्न मिल्ने ऐना कतै भत्किने, कतै पोलसहित हराउने गरेको ट्राफिक प्रमुख प्रेमप्रसाद पोरखेलले बताए। यात्रुको सुरक्षाको लागि राखिएको ऐना आफैँ असुरक्षित भएपछि पुन राख्ने, नराख्नेमा प्रहरी द्विविधामा परेको उनले बताए।  

लाखौं रुपैयाँ खर्च गरेर राखिएको ऐना उचित रेखदेख नहुँदा हराइसकेका छन्। गोरखा सदरमुकामको खोलखोले, बाह्रकिलो, सेन्टजोसेफ, तीनकिलो, पँदेलथोक जाने सडकमा राखिएको ऐना फुटाइएका छन्। ‘घुम्तीमा विपरीत दिशाबाट आएको गाडी देखियोस् र चालकले पूर्व सतर्कता अपनाउन् भनेर घुम्तीमा ऐना राखिएको थियो,’ पोखरेलले भने, ‘अहिले अधिकांश ऐना फुटेका छन्, नयाँ ऐना ठड्याउन हामीसँग आर्थिक स्रोत छैन।’ स्थानीय तह र सडक विभागसँग पहल गरिरहेको उनले बताए।  

जिल्ला ट्राफिक कार्यालय गोरखाका अनुसार सडक विभाग र गोरखा नगरपालिकाको सहयोगमा १५ भन्दा बढी ठाउँमा घुम्ती ऐना राखिएको थियो। समाजमा उच्छृंखलता बढेर घुम्तिका ऐना तोडफोड गर्ने प्रवृत्ति बढेको उनले बताए। सार्वजनिक सम्पत्तीको संरक्षमा नागरिकले चासो नदिँदा घुम्तीका ऐना असुरक्षित भएको प्रहरीले जनाएको छ। ऐना फुटाउने, चोरी गर्नेलाई कारबाही गर्ने बताएपनि प्रहरीले पहिचान गर्नै सकेको छैन।

प्रकाशित: २७ फाल्गुन २०७८ ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App