२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
समाज

शिक्षकको कुटपिटले विद्यार्थीको करङ भाँचियो

म्याग्दीको बेनी नगरपालिका–७,मा रहेको एक विद्यालयका शिक्षकले विद्यार्थी अन्धाधुन्ध लौराले निर्घात कुटपिट गरेका छन्। कक्षा कोठामा होहल्ला र पढाउने क्रममा फरक व्यवहार गरेको भन्दै प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नविन घिमिरेले कक्षा १० मा अध्यायनरत राजन पौडेल माथि निर्घात कुटपिट गरेका हुन्। शिक्षकको कुटपिटबाट विद्यार्थीको एउटा करङ भाँचिएको भने टाउकोमा चोट लागेको विद्यार्थीका बुबा भिमप्रसाद पौडेलले बताए।  

छोरालाई कुटपिट गर्ने शिक्षकलाई कारवाही हुनुपर्छ,‘शरीरमा लौरोले जथाभावी कुटपिट गर्दा ठूलो असर गरेको छ’ पौडेलले भने। उनले शुक्रबार विद्यालयबाट घर फर्किएपछि बान्ता गरेको र खाना खाने क्रममा मुखबाट समेत रगत आर्एपछि बेनी अस्पतालमा उपचारको क्रममा टाउको र शरीरमा चोट देखिएको बताए।‘पशुलाई जस्तै ब्यवहार शिक्षकबाट भएको छ,‘न्यायको खोजीमा विद्यालयमै पुगेर निवेदन दिएको छु’ पौडेलले भने। उनले चिकित्सकको परीक्षण, एक्सरे रिर्पोटमा समेत करङमा असर देखिएको बताए।  

सोही दिन शिक्षक घिमिरेले अन्य विद्यार्थीलाई समेत त्यस्तै गरी कुटेको विद्यार्थी राजन पौडेलले आरोप लगाएका छन्। ‘मेरो गल्ती नै छैन्,‘मलाई लौरोले पेटमा घोचिदिनुभयो,‘हेडसरकोमा जान खोज्दा रोक्नुभयो’ विद्यार्थी पौडेलले भने। यता विद्यालयका सहायक प्रधानाध्यापक लेखबहादुर हमालले घटनाका बारेमा अभिभावकले जानकारी गराएपछि मात्रै थाहा पाएको बताए।‘शुक्रबार सबै पिरियड पढेर घर गएका थिए,‘विद्यालयमा हामीलाई जानकारी नै भएन’ सहायक प्रअ हमालले भने।  

उनले चौथो पिरियडका शिक्षक घिमिरेपछि कक्षामा गएका अन्य शिक्षकहरुले समेत विद्यार्थीलाई समान्य अवस्थामै देखेको बताएकाले अनुसन्धान गर्ने बताए। ‘घटनाको अनुसन्धान गछौं, विद्यार्थीको पठनपाठनमा असर नहुने गरी ब्यवस्था मिलाउँछौ’ हमालले भने। यता पिडित विद्यार्थीका अभिभावक र आफन्तले कुटपिटमा संलग्न शिक्षकलाई कडा कारवाहीको माग गरेको आफन्त यामनाथ पौडेलले बताए। 

‘घटनाका बारेमा विद्यालयमा जानकारी गराउँदा समेत वास्तै भएन्,‘गाउँका विद्यार्थी भएकाले हेपेजस्तो देखियो, पशुलाई कुटेजसरी कुटिएको छ’ पौडेलले भने। उनले मेडिकल रिर्पोटको आधारमा आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरीमा समेत किटानी उजुरी दिने बताए। विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकमाथि कारबाही र उपचार खर्च उपलब्ध गराउनका साथै पठनपाठनमा पर्ने असरका बारेमा समेत विद्यालयमै पुगेर सचेत गराएको छ।

प्रकाशित: १५ फाल्गुन २०७८ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App