१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निजामती कर्मचारी युनियन म्याग्दीको अध्यक्षमा रिजाल

नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ। युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, वरिष्ठ उपाध्यक्षमा दयाराम पौडेल, जनजाति उपाध्यक्षमा दिपक शेरचन, सचिवमा सुमन सुबेदी, सहसचिबमा प्रदिप गौतम र कोषाध्यक्षमा सुरेन्द्र श्रेष्ठ चयन भएका छन्।

सदस्यहरुमा भिष्मबहादुर थापा, कुलप्रसाद आचार्य, धु्रब पोखरेल, कमलनाथ शर्मा, गणेश रिजाल, बिष्णुमाया कुँवर, सुनिता अधिकारी, दिर्घबहादुर खत्री र तेजनाथ पौडेल, केन्द्रिय प्रतिनिधीमा प्रेम गौतम र बलराम बानियाँ रहेका छन्।  

अधिवेशनमा युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोख्रेल र वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले कर्मचारीको अधिकार खोसिने गरी अघिल्लो सरकारले ल्याएको संघीय निजामति ऐन संसोधन गरेर कर्मचारीहरुको माग सम्बोधन गराउन वर्तमान गठबन्धन सरकारलाई पहल गरिएको बताए।

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले प्रक्रिया भन्दा पनि परिणाम देखिने गरी काम गर्नुपर्ने र जनतालाई सरल तथा सहज रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन युनियनले भूमिका खेल्नुपर्ने बताए।

प्रकाशित: १० पुस २०७८ १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App