१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

मुख्यमन्त्री राईको शुभकामना सन्देश

प्रदेश–१ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले इसाई धर्मावलम्बीको मुख्य चाड क्रिसमसको सुखद् अवसरमा देश–विदेशमा बसेका सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मुख्य मन्त्री राईले यस अवसरमा सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन्। उनले  बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभित्र चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास व्यक्त गरेका छन्।

येशु ख्रीष्टको जन्मदिनको अवसरमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाउने गरिन्छ। हाम्रा जुनसुकै पर्व राष्ट्रिय एकताको माध्यम बत्र सकोस् र यी पर्वले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भत्रे अपेक्षा पनि सन्देशमा उल्लेख छ।

प्रकाशित: १० पुस २०७८ ०१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App