४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चितुवाको छालासहित चार पक्राउ

प्रहरीले चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ। पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको बड्डीचौरबाट चितुवाको तीन वटा छालासहित चार जनालाई पक्राउ गरेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले शुक्रबार राति साढे एक बजेतिर बड्डीचौरको प्रेम होटलबाट पक्राउ गरेको हो। 

प्रहरीका अनुसार अछामको पञ्चदेवल नगरपालिका ८ का २५ वर्षीय कमल शाही, चक्र शाही, रामारोशन गाउँपालिका ४ का २० वर्यीय उपेन्द्र शाह र दैलेखको चामुण्डा बिन्दासैनी नगरपालिका २ का ३५ वर्षीय विमल शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चितुवाको छाला दैलेखबाट ल्याएर बड्डीचौरको होटलमा खरिद बिक्रीको काम भइरहेको थियो।

प्रकाशित: ४ मंसिर २०७८ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App