८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

बुर्तिबाङ दुर्घटनामा बालकको मृत्यु

बागलुङको बुर्तिबाङमा  ग २ च ५९८० नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।  तमानखोला गाउँपालिका–२ का ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको हो।  

दुर्घटनामा ढोरपाटन नगरपालिकाका ५८ वर्षीय नरकितव सुनार, ३० वर्षीय विष्णुप्रसाद सापकोटा,  ४७ वर्षीया सक्रेनी घर्ती, ५० वर्षीया नरमला घर्ती, ४८ वर्षीय लेविन्द्र कुँवर र आकाश घर्ती घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए।

प्रकाशित: ३ मंसिर २०७८ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App