१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बैतडीमा नवजात शिशु मृत्युदर बढ्यो

बैतडीमा नवजात शिशुको मृत्युदर बढ्दै गएको छ। बैतडीमा गत आर्थिक वर्षमा ४८ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ४२ जना नवजात शिशुको मृत्यु भएकोमा गत आर्थिक वर्षमा त्यो संख्या बढेर ४८ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

गत वर्ष सबैभन्दा बढी पुर्चौंडी नगरपालिकामा १२ जना नवजात शिशुको मृत्यु भएको छ। यस्तै मेलौली नगरपालिकामा ८ जना, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा ६÷६ जना, पाटन नगरपालिका र शिवनाथ गाउँपालिकामा ४/४ जना, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा ३/३ जना र दोगडाकेदार गाउँपालिकामा २ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

नवजात शिशुको मृत्युका धेरै कारण भए पनि बालविवाहका कारण पनि यस्तो समस्या आएको हुन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए। २० बर्ष मुनिको आमाले बच्चा जन्माउँदा जटीलता हुने भएकाले यस्ता खालका समस्या देखिने गरेको उनको भनाइ छ। किशोरी आमाहरुले बच्चा जन्माइरहेकाले नवजात शिशुहरुमा विभिन्न खालका समस्या देखिने गरेको हो। बालविवाहको क्षेत्रमा विभिन्न संघसंस्थाले काम गर्दै आएको दावी गरे पनि बालविवाह हुने क्रम घटन सकेको छैन।

प्रकाशित: १५ आश्विन २०७८ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App