९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

प्रधानन्यायाधीश विनाको संवैधानिक सुनुवाई नगर्न सर्वोच्चकाे अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा सुनुवाई नगर्न अन्तरिम आदेश दिएको छ। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विना गरिरहेकोले अब यसो नगर्न आदेश दिएको हो।  

बिहीबार न्यायाधीश हरि फुयाँलको इजलासले संवैधानिक नियुक्तिसँग सम्बन्धित मुद्दा प्रधानन्यायाधीश संलग्न इजलासले गर्न हुने कि नहुने विषय टुंगो नलागेसम्म संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्धको सुनुवाई रोक्न अन्तरिम आदेश दिएको छ।

'हाल संवैधानिक इजलासमा चलिरहेको संविधानको धारा २८४ बमोजिम संवैधानिक परिषदमा सदस्य रहने प्रधानन्यायाधीश उक्त इजलासमा बस्ने वा नबस्ने भन्ने विषय समेतलाई टुंगो गरी संवैधानिक इजलासका सम्बन्धित मुद्दाहरु निर्णय गर्नुपर्ने देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त मुद्दाहरुको सुनुवाई नगर्नु नगराउनु भनी ‘ अन्तरिम आदेश जारी गरिदिएको छ’ आदेशमा उल्लेख छ।

प्रकाशित: १७ भाद्र २०७८ १२:११ बिहीबार

प्रधानन्यायाधीश विनाको संवैधानिक सुनुवाई नगर्न सर्वोच्चकाे अन्तरिम आदेश