३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

आइयूसिएनकाे सल्लाहकारमा प्राध्यापक सुर्य प्रसाद सुवेदी नियुक्त

प्राध्यापक सूर्य प्रसाद सुवेदीलाई द इन्टरनेशनल यूनियन फोर कन्जरभेसन अफ नेचर आइयूसिएन को ब्यूरोले कानूनी प्रक्रिया सल्लाहकारका रुपमा नियुक्त गरेका छन्।  

सुवेदी बेलायत स्थित  लिडस् विश्व विद्यालयमा प्राध्यापनरत छन्। उनलाई आइयूसिएनले वल्र्ड कन्जरभेसन कंग्रेस २०२१का निम्ति कानूनी प्रक्रिया सल्लाहकारका रुपमा नियुक्त गरेको हो।  

वल्र्ड कन्जरभेसन यूनियन भनेर पनि चिनिने आइयूसिएन प्रतिष्ठत अन्तराष्टिय संस्थाको रुपमा रहेको छ। प्राध्यापक सुबेदीलाई भदौ १८ देखि २६ सम्म फ्रान्सको मरसायलमा हुन गइरहेको वल्र्ड कन्जरभेसन कंगे्रस २०२१ का लागि कानुनी प्रक्रिया सल्लाहकारको रुपमा नियुक्त गरिएको हो। वल्र्ड कन्जरभेसन कंगे्रस हरेक चार वर्षमा हुने गरेको छ। यो वर्ष भने फ्रान्समा हुने छ।  

यस कंगे्रसको उद्घाटन फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले गर्ने भएका छन्। प्राध्यापक सुवेदी कानुनी प्रक्रिया सल्लाहकारको रुपमा पुरै कार्यक्रमभरि सहभागी हुने छन्। आइयूसिएन सरकारी तथा नागरिक समाजकासैस्थाहरु मिलेर बनेको छ। यस संस्थाले वातावरण संरक्षणसम्बन्धि कामहरु गर्ने गरेको छ।

प्रकाशित: १७ भाद्र २०७८ ११:४८ बिहीबार

आइयूसिएनकाे सल्लाहकार प्राध्यापक सूर्य प्रसाद सुवेदी नियुक्त