५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्वारा कपिलवस्तु कारागारको निरीक्षण

३६ वर्षअघि राजनीतिक बन्दीका रुपमा कपिलवस्तु कारागारमा जीवन बिताएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार बिहान त्यही कारागारको निरीक्षण गरेका छन्। लुम्बिनी अवलोकन गर्न आएका बेला अध्यक्ष तिमिल्सिनाले आफूले साढे ३ दशकअघि डेढ वर्ष जेल जीवन बिताएको कारागारमा आएका हुन्।

शान्ति सुरक्षाको मुद्धामा विद्यार्थी जीवनकालमा पंचायती व्यवस्थामा उनलाई २०४२ साउन २७ गते जेल पठाइएको थियो। पोखराबाट स्थानान्तरण गरी उनलाई २०४३ साल पुष १० गते कपिलवस्तु कारागार पठाइएको थियो। उनी २०४४ साल असार २२ गते यहाँबाट मुक्त भएका थिए। बीचमा केही अवधिका लागि उनलाई रुपन्देही कारागारसमेत चलान गरिएको थियो। आफनो विद्यार्थीकालीन जीवनको ऐतिहासिक स्थानमा पुग्दा पुराना कुराहरु याद आएको उनले बताए।

जीर्ण बनेको कारगार पुगेका उनले त्यति बेला आफू बस्ने ब्लक भेन अहिले भत्काइएको बताए। ‘ढेड वर्ष बिताएको ठाउँमा ३६  वर्षपछि आएको छु, अहिले म बसेको ठाउँ भत्काइएको रहेछ’ उनले भने।त्यतिबेला गर्मी र लामखुट्टेले सताएको कुरासमेत उनले स्मरण गरे। उनले पुरानो र नयाँ कारागार भवनको निरीक्ष्ण र अवलोकन गर्दै कैदीबन्दी, जेलर, सुरक्षाकर्मीसँग जेलको अवस्थाबारे जानकारी लिएका थिए।

५ वर्षअघि बनेको नयाँ कारागार भवनको अवस्था रामै्र रहे पनि पुरानो भवन भने जीर्ण र भत्किने अवस्थामा पुगेको उनको भनाइ छ। ‘ पुरानो भवन कुनै बेला पनि भत्किने खतरा छ, खानेपानी, शौचालय र सरसफाइको पनि अभाव छ’ उनले भने।

सुरक्षाकर्मी बस्ने स्थान त्यति राम्रो नभएको उनले बताए। राष्टिय« सभाका अध्यक्ष तिमिल्सिनाले करागारमा जीर्ण भएको भवनको अवस्थाबारे सरकारलाई ध्यानकर्षण गराउने बताए। ‘पुरानो भवनलाई व्यवस्थित र नयाँ बनाउन सरकारलाई ध्यानकर्षण गराउने छु’ उनले भने।

तिमिल्सिनासँग सांसद डा. सुर्य पाठक, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, निमिति प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु समेत टोलीमा थिए।

कारागारको अवस्थाबारे जेलर राकेश पाण्डेले जानकारी गराएका थिए। तिमिल्सिनाले कैदीबन्दीका लागि १ हजार थान एन ९५ मास्क जेलर पाण्डेयलाई हस्तान्तरण गरेका थिए। दुवै ब्लक गरी कपिलवसतु कारागारमा अहिले ४ सय ५२ जना कैदीबन्दीहरु छन्।

प्रकाशित: ३० श्रावण २०७८ ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App