६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रसुवाको स्याफ्रुमा पहिरो, ४ घर पूर्ण क्षति

रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुमा शुक्रबार बिहान गएको पहिरोको कारण ४ घरमा पूर्ण क्षति भएको छ भने ७ घरमा आसिंक क्षति पुगेको छ। पहिरो झर्न थालेपछि भाग्ने क्रममा दुई जना सामान्य घाइते भएका छन्।  

भाग्ने क्रममा ३२ वर्षीय सोनाम दोर्जे तामाङ र २२ वर्षीय सुप्पा दोर्जे तामाङ घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार कामी पासाङ तामाङ, राजु लामा, कर्पु लामा र सन्तोष लामाको एक तले पक्की पूर्ण क्षति भएको छ। यस्तै सात घरमा सामान्य क्षति पुगेको छ।  

अत्यधिक पानी परेका कारण पहिरोसँगै ठुलो ढुंगा झरेका कारण क्षति भएको हो। पहिरोको जोखिम बढेसँगै बस्तीका मान्छेलाई गाउँपालिकाको पुरानो भवन सारिएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए। ‘केही परिवार हिजो राति नै सरिसकेका थिए’, उनले भने, ‘बाँकी परिवारलाई आज विहानै सारिएको छ।’ पहिरोका जोखिमको कारण यस ठाउँका २२ घरधुरी वर्खा सुरु भएयता नै त्रासमा थिए। ठुलो ढुंगा झर्ने त्रासका कारण स्थानीयले यसअघि नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए। 

प्रकाशित: २९ श्रावण २०७८ ०५:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App