११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा ७ सय ६५ जनामा कोरोना संक्रमण

प्रदेश १ मा ७ सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ। १ हजार ५ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १२ र १ हजार ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३, तेह्रथुम र उदयपुरमा २–२ जनामा संक्रमण देखिएको छ।

मोरङको लेटाङमा ४४, केराबारीमा १८, विराटनगरमा १७, पथरीशनिश्चरेमा ९, सुन्दरहरैँचा, उर्लाबारी र बेलबारीमा ३–३, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा २१, भद्रपुरमा १३, मेचीनगरमा १०, विर्तामोडमा ८, शिवसताक्षी, कमल गाउँपालिका र बुद्धशान्तिमा ७–७, अर्जुनधारामा ६, गौरादहमा ५, गौरीगञ्जमा १, स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा ६२, इटहरीमा ११, बराहक्षेत्रमा ३, इनरुवा र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा १२, कुम्मायक, हिलिहाङ र फालेलुङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर जोरपाटीमा ३, सहिदभूमिमा २, चौबिसे र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा ८, इलाम नगरपालिकामा ३, चुलाचुली र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङ्लुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा शनिबार ४ सय ५८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ५ महिला र २ सय ५३ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७ महिला र १० पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २३ श्रावण २०७८ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App