६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

देशका धेरै स्थानमा वर्षाको सम्भावना

आज कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली  रहि देशका बाँकी भू-भागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

यसैगरी आज राति देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एकरदुई स्थानमा  मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २२ असार २०७८ ०५:५७ मंगलबार

मौसम पूर्वानुमान महाशाखा