२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

राहत अभियान–हामी छौं, तपाई भोकै बस्नुपर्दैन’

राहत वितरण गर्ने अभियान अन्तर्गत वितरण गर्ने तयारी गर्दै सञ्चारकर्मीहरु । तस्बिर नागरिक

कोरोनाको दोस्रो लहर जारी छ । दोस्रो लहरसँगै डेढमहिनादेखि पोखरामा निषेधाज्ञा छ । यही जेठ मसान्तसम्मलाई निषेधाज्ञा लम्ब्याइएको छ । कोरोनाको कहर एकातिर भयाभह हुदाँ अर्कोतिर विपन्न परिवार भोकै बस्नुपर्ने बाध्यता छ । भोकै बस्ने परिवारलाई राहतको अभियान शुरु गरिएको छ । अति विपन्न परिवारलाई तीनजना सञ्चारकर्मीले राहत अभियान चलाएका छन् । अभियानको नारा छ –‘हामी छौं, तपाई भोकै बस्नु पर्दैन् ।’  

सञ्चारकर्मीत्रय उत्तम पौडेल, बोधराज रेग्मी र विशाल बराल राहत अभियानमा निरन्तर खटिएका छन् । जेठपछि निषेधाज्ञामा कडाई गरेपछि विपन्न परिवारको हातमुख जोर्न निकै सकस छ । त्यही सकसलाई राहत दिदैं सहजताको प्रयास उनीहरुको छ । ‘पोखरामा अति विपन्न परिवारलाई राहत वितरण गर्दै आएका छौं’ अभियानकर्ता बोधराज रेग्मीले सुनाए, ‘पोखराको जुनसुकै कुनामा भएपनि विपन्न परिवारलाई राहत बाँडेका छौं ।’ राहतको लागि पोखराको कुनाकाप्चासम्म पनि पुग्ने गरेका छौ ।’  

उनीहरुको राहत अभियानलाई हातेमालो गर्नेको पनि कमि छैन् । ‘हाम्रो अभियानलाई सहयोगी मनहरुले पनि सहयोग गरेका छन्,’ उनले भने, ‘उनीहरुको सहयोगलाई विपन्न परिवार समक्ष पुर्याईरहेका छौं ।’ उनका अनुसार जेठको १२ गतेदेखि पहिलो चरणमा राहत वितरण गरियो । पहिलो चरणमा ५० परिवारलाई राहत प्रदान गरिएको थियो । दोस्रो चरणमा ४६ परिवार र तेस्रो चरणमा ७० परिवारलाई राहत बाँडिएको उनले बताए । राहत वितरण गर्नु अघि परिवारको अवस्था सबै हेरेर अत्यावश्यकलाई मात्रै वितरण गर्ने गरिएको छ । राहत वितरण गर्नु अघि परिवारको तथ्यांक संकलन गरेर चरण चरणमा वितरण गरिएको उनको भनाई थियो ।  

‘मनकारीको सहयोगलाई अति विपन्न परिवार समक्ष पुगेर राहत वितरण गर्ने हामी केवल माध्यम मात्रै बनेका हौं,’ उनको भनाई थियो । सवारी साधनमा राखेर विपन्न परिवार भएकै ठाँउमा पुगेर राहत दिइएको उनले बताए । राहतमा चामल, नुन तेल, दाल, सावुन, चना तथा सोयाविन लगायतका सामानहरु प्रदान गरिएको छ । २०७६ चैत ११ गते कोरोना कहरसँगै लकडाउन गरिएको थियो । लकडाउन लम्बिँदैं गएपछि विपन्न परिवारलाई विभिन्न संघसंस्थाले राहत अभियान गरेका थिए ।

प्रकाशित: २३ जेष्ठ २०७८ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App