१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जोखिममा गर्भवती

सांकेतिक तस्बिर

कोरोना महामारीका कारण यतिबेला आम नागरिक त्रासमा छन् । त्यस्तै  आमा बन्न तयार रहेका गर्भवतीहरुलाई थप चिन्ताले त्रसित बनाएको छ । दैनिक खबरहरुमा सुनिने संक्रमण र मृत्युका खबरले उनीहरुमा मानसिक चिन्ता थपिएको हो । अस्पताल वा स्वास्थ्य सस्थामा गरिने नियमित गर्भ जाँच गर्न जान मनले नमाने पछि यतिबेला उनीहरु थप तनावमा परेका हुन् ।  

‘अस्पताल सम्झदै डर लाग्छ । सेता लुगा ‐पिपिई) लगाएका डाक्टर नर्सको अनुहार सम्झदा नै कस्तो कस्तो हुन्छ ।’ रोल्पा नगरपालिका–१० की एक गर्भवती भन्छिन्, ‘सेतो लुगा, मास्क अनि हातमा पञ्जा लगाएका मान्छे हेर्दै डर लागेर आउछ । रेडियो टिभिमा दिनकै मान्छे मरेको र उनिहरुलाई गाह्रो भएको देख्दा पनि जचाउन जान मन लाग्दैन ।’ उनी जस्तै धेरै गर्भवतीहरुलाई यो समस्या पर्ने गरेको छ ।

पेटमा बच्चा बोकेका गर्भवती आमाहरु कोरोना त्रासले अस्पताल जान छोडेपछि त्यसले भोलि दुर्घटना बढाउन सक्ने देखिन्छ । यतिबेला यो संवेदनशील विषयमा  सरोकारवाला कसैको ध्यान पुग्न सकेको छैन । अस्पतालको तथ्याङ्कमा पनि पछिल्लो समय गर्भजाच गर्न आउनेको संख्या घटेको छ । ‘गर्भजाच गर्न आउनेहरुको संख्या पहिले भन्दा आधि जति कम भएको छ ।’ रोल्पा अस्पतालकि स्टाफ नर्स मिना कवर भन्छिन् ,‘कोरोनाको डरले उहाँहरु जचाउन आउन डराउनु भएको हो ।’

केहि बुझेका र पहुँच पुग्नेहरु फोन गरेर सेवा लिन आउने गरे पनि धेरै जसो भगवान भरोसा भन्दै घरमै बसिरहेका छन् । मिना भन्छिन् ‘भिजिट’ पूरा नहँुदा पछि समस्या आउन सक्ने सम्भावना रहन्छ ।’ उनका अनुसार गर्भजाच गर्न आउने कतिपय त कुर्सीमा बस्दा र भिडियो एक्सरेका लागि सुत्दा समेत चारै तिर सेनिटाईजर छर्न लगाउछन् । ‘गर्भवतीहरुमा मानसिक समस्या नभए पनि मानसिक तनाव भने निकै छ ।’  

त्यसो त जिल्लाका अस्पताल लगायत स्वास्थ्य संस्थामा आउने नियमित बिरामीको संख्या संगै सस्थागत सुत्केरीको संख्या पनि घटेको छ । तथ्याङ्क अनुसार अरु नियमित सेवा घटेपनि गर्भपतन सेवा भने घटेको छैन । लामो समयको एकान्तबासले पनि गर्भपतनको संख्या बढेको हुन सक्ने चिकित्सकहरु बताउछन् ।  

प्रकाशित: ९ जेष्ठ २०७८ ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App