३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मातातीर्थ औंसीलाई मध्यनजर गरी मिठाई पसल अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आइतबार नगरको कमलबिनायक र च्याम्हासिंहमा मिठाई पसल अनुगमन गरिएको छ। विश्वव्यापी महामारी रुपमा नया भेरियन्टसहित फैलिएको नोवेल कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि मातातीर्थ औंसी सामान्यरुपमै सम्पन्न गर्न मिठाई पसलहरु नखोल्न र मिठाईका सामानहरु नबनाउन अनुरोधको लागि मिठाई पसलहरु अनुगमन गरेको संयोजक गोराले बताए। 

उनले निषेधाज्ञामा चिया र मिठाई पसल खोल्न नपाउने भए पनि लुकिछिपि खोलिराखेको पसलहरुमा अनुगमन गरी कार्यवाही प्रक्रिया अगाडि बढाएको बताए। अनुगमनमा श्याक्य स्विट्समा प्याकेजिग सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रीवितरण गर्न, ढुसी परेको खुवा ६ केजी, म्याद नाघेको खाद्य कलर १ बट्टा र सोही म्याद नाघेको कलर बढी राखी बनाएको लद्दु ११ किलो ५०० ग्राम जफत गरी नष्ट गरिएको छ। साथै तराजु १ जफत गरी तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।  

त्यस्तै विनायक मिठाई भण्डार पसल नविकरण गर्नुपर्ने, प्याकेजिग सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रीवितरण गर्न, कलर बढी भएको मिन्की ४ किलो ५०० ग्राम जफत गरी नष्ट गरिएको छ। त्यस्तै श्री नवदुर्गा एण्ड चाट हाउस मिठाईमा प्याकेजिग सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रीवितरण गर्न निर्देशन दियो।  त्यस्तै लक्ष्मी स्वीट्स एण्ड प्यालेसमा प्याकेजिग सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रीवितरण गर्न, म्याद नाघेको न्यू भक्तपुर चाउचाउ २ पाकेट जफत गरी नष्ट गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए। अनुगमन समितिका भनपा श्यानिटेशका वडा निरीषक रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजूू, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद बाटी, स्वास्थ्य कार्यलय भक्तपुरका दिलबहादुर बस्नेतको सहभागी थियो।

प्रकाशित: २६ वैशाख २०७८ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App